एसईईकाे सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, प्रदेश २ मा आजको परीक्षा स्थगित

 चैत १५, २०७५ शुक्रबार ८:८:१५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा –  परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।

शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो  । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो ।

एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहने उहाँले बताउनुभयो । 

याे पनि पढ्नुहोस् । 

एसईई : शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र पनि ‘बाहिरियो’

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया