च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
अमेरिकामा एचआईभी संक्रमित व्यक्तिको मिर्गौला अर्का व्यक्तिमा प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा रहेको जोन हप्किन्स अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ ।
एचआईभी संक्रमित व्यक्तिको मिर्गौला अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको विश्वमै पहिलो घटना भएको अस्पतालका डाक्टरले दाबी गरेका छन् । यसअघि संक्रमित व्यक्तिको मिर्गौलामा पनि एचआईभी फैलिएको हुनसक्ने भन्दै अर्को व्यक्तिलाई दिइएको थिएन ।
तर नयाँ औषधिको प्रयोगले एचआईभी संक्रमितको मिर्गौलामा कुनै असर नगरेको देखिएपछि अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको खबरमा उल्लेख छ । अहिले मिर्गौला दान गर्ने र प्रत्यारोपण गरिएको व्यक्तिको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।