दबाबमा जर्मनी, इतिहास रच्ने दाउमा दक्षिण कोरिया

 असार १३, २०७५ बुधबार ११:५३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो खेलमै मेक्सिकोसँग पराजित भएपछि उपाधि रक्षाको अभियानमा रहेको जर्मनीलाई सुरुमै झड्का लाग्यो । दोस्रो खेलमा स्वीडेनलाई २–१ गोलले हराउँदै उसले प्रतियोगितामा पुनरागमन गरेको छ । विश्वकपको अर्को चरणमा स्थान बनाउन जित्नैपर्ने खेलका रुपमा उसले एसियाली महारथी दक्षिण कोरियासँग आज काजान एरिनामा प्रतिस्पर्धा गर्दैछ ।
 
समूह एफमा मेक्सिको ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी र स्वीडेन ३–३ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरिया यसअघिका दुई खेलमा पराजित भएपछि अंकविहीन छ । र रमाइलो पक्ष के छ भने चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना अझै जीवितै छ ।
 
मेक्सिकोसँग पराजित भएको जर्मनीले स्वीडेनलाई हराएको थियो भने कोरिया स्वीडेन र मेक्सिकोसँग पराजित भएको हो । समूहको अन्तिम खेलमा कोरियालाई पराजित गरेर मात्र जर्मनी नकआउट चरणमा पुग्दैन । अर्को खेलमा मेक्सिकोले स्वीडेनलाई हराउनु वा बराबरी खेल्नुपर्छ ।
 
अर्कोतर्फ कोरियाले जर्मनीलाई दुई वा त्यो भन्दा बढी गोलअन्तरले हराएमा र मेक्सिकोले स्वीडेनलाई पराजित गरेका कोरिया पनि नकाउट चरणमा पुग्नेछ । जुन सम्भावना निकै कमजोर छ । त्यस्तै स्वीडेनले मेक्सिकोलाई हराएमा र जर्मनी कोरियासँग पराजित वा बराबरीमा रोकिएमा स्वीडेनको सम्भावना पनि छ ।
 
त्यसैले बुधबारको खेल जर्मनी र दक्षिण कोरिया दुवैका लागि महत्वपूर्ण छ ।
 
विश्व च्याम्पियन साँच्चै समस्यामा छ । कोरियासँग पराजित हुनु भनेको जर्मनी समूहचरणबाटै बाहिरिने लगभग पक्का हुनेछ । जर्मन स्ट्राइकर मार्को रिउस र टिमो वेर्नर आफ्ना एशियाली समकक्षी सङ ह्युन मिनबाट उनसक्ने खतराबारे पूर्ण अवगत छन् ।
 
रिउसले पत्रकार सम्मेलनमा भने, ‘उनीहरु तीव्र गतिका छन्, विशेष गरी अग्रपंक्तिमा । उनीहरुसँग बहुमुखी प्रतिभाहरु छन् जसले प्रतियोगितामा विपक्षी टिमका लागि समस्या दिइरहेका छन् ।’
 
वेर्नरले भनेका छन्, ‘स्वीडिसहरु ठूला र फिजिकल थिए भने कोरियन साना छन् तर तीव्र गतिका छन् । सन विश्वस्तरीय छन्, हामीले उनलाई धेरै ध्यान राख्नुपर्छ । अन्य खेलाडीलाई हामीले त्यति ध्यान नदिए पनि हुन्छ ।’
 
स्वीडेनबिरुद्धको खेलमा अन्तिम ११ मिनेट बाँकी छँदा दोहोरो पहेलो कार्डका कारण मैदान छाड्न बाध्य भएका स्टार डिफण्डेर जेरोमी बोटिङले आजको खेल गुमाउनेछन् । उनको स्थानमा बार्यन म्युनिखका म्याट ह्युमल्स आउन सक्नेछन्, जो गर्धनको चोटबाट हालै फर्किएका छन् ।
 
दक्षिण कोरियाका लागि जर्मनीबिरुद्धको खेलअघि आएको एउटा समाचारले उसलाई समस्यामा पर्ने देखिन्छ । उसका मिडफिल्डर कि सु युङ काल्फ इन्ज्यूरीका कारण २ साता मैदानबाहिर रहने भएका छन् ।
 
उपचारका क्रममा पत्ता लागेको छ कि उनको बाँया पिडुँलामा मांसपेशी च्यातिएको छ, उनी सन्चो हुन दुई साता लाग्नेछ ।’ कोरियाली फुटबल संघका अधिकारीले सञ्चारकर्मीसँग भने ।
 
यदि यो खेलमा जर्मनी पराजित भएर प्रतियोगिताबाट बाहिरियो भने ऊ लगातार तेस्रो विश्व च्याम्पियन हुनेछ जो समूह चरणबाटै घर फर्किएको छ । सन् २००६ को विजेता इटली २०१० को विश्वकपमा र सन् २०१० को विजेता स्पेन २०१४ को समूह चरणबाटै बाहिरिएको थियो ।
 

प्लेयर्स टू वाच

सङ ह्युङ मिन, दक्षिण कोरिया
 
यदि दक्षिण कोरियालाई असम्भव परिणाम ल्याउनका लागि उसका सुपरस्टार टोटनह्यामका स्ट्राइकर मिनको राम्रो प्रदर्शन र गोलको अपेक्षा गरीन्छ । दक्षिण कोरियाली टिमको प्रेरणाका रुपमा रहेका मिनलाई के आरोप लाग्ने गरेको छ भने उनी रचनात्मक फुटबलको तुलनामा आक्रामक खेल्छन् । मिनले स्वीडेनबिरुद्धको खेलमा शानदार गोल गरेका थिए ।
 
मार्को रिउस, जर्मनी
 
वर्तमान विश्व च्याम्पियनले अहिलेसम्म त्यस्तो प्रदर्शन गर्न सकेको छैन, जस्तो ऊबाट अपेक्षा गरिन्छ । केहि प्रमुख खेलाडीको प्रदर्शन कमजोर रहँदा उसले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । तर, जर्मनीमा लगातार दुई खेलमा गोल गर्ने एक खेलाडी रिउस छन् । जहाँ उनले मध्य क्षेत्रबाट धेरै भन्दा धेरै आक्रमण बुन्न सक्छन् ।
 
म्याच फ्याक्ट्स
 
– जर्मनीले दक्षिण कोरियालाई विश्वकपमा पाँच पटक पराजित गरेको छ । सबैमा उसले जित हासिल गरेको छ र जम्मा १९ गोल गरेको छ ।
 
– सन ह्युङ मिनले मेक्सिकोबिरुद्धको खेलमा ८ शट प्रहार गरेको थिए, स्वीडेनबिरुद्धको पहिलो खेलमा पनि उनले ५ शट प्रहार गरेका थिए ।
 
– सन् १९९८ को विश्वकपपछि पहिलो पटक जर्मनीले १–० ले पपछि परेको स्थितिलाई उल्टाउँदै जित हासिल गरेको हो । त्यतिबेला उसले मेक्सिकोबिरुद्ध यस्तो नतिजा निकालेको थियो ।
 
– कोरियाले पछिल्लो चार विश्वकप खेलमा पराजय ब्यहोरेको छ । यो उसको खराव प्रदर्शन हो, यसअघि सन १९८६ र ९० को विश्वकपमा पनि उसले यही प्रदर्शन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया