लगानीका लागि नेपाल सम्भावना नै सम्भावना भएको देश हो : पूर्व अर्थमन्त्री महत

 चैत १५, २०७५ शुक्रबार १२:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ । 

काठमाण्डौको होटल सोल्टीमा आयोजित ‘लगानी सम्मेलन २०१९’ लाई सम्बोधन गर्दे उहाँले सम्भावना नै सम्भावना रहेको देशमा लगानीको सुनिश्चिता बढी हुने भएकाले नेपालको लगानीमा ढुक्क बन्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक खिचातानीमा लामो समय गुजारेको देश राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उल्लेख गर्नुभयो । 

उहाँले  राजनीतिक स्थिरतासँगै देशको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको उहाँले स्पष्ट पार्नुभयो । विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उहाँले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उहाँले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकार संगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने स्पष्ट पार्नुभयो । 

उहाँले खेलकुद, पर्यटन, उर्जा लगायत कयौ क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले देशको आर्थिक विकासका लागि आवश्यक विदेशी लगानी भित्र्याउनका लागि सम्पूर्ण शक्ति प्रयोग गरिनुपर्नेमा पनि जोड दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया