‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानमा सहयाेग गर्ने एसियाली विकास बै‌ंकको प्रतिबद्धता

 चैत १५, २०७५ शुक्रबार १३:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  एसियाली विकास बैंक(एडीबी)ले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने नेपाल सरकारको अभियानमा सक्दो सहयोग गर्ने प्रतिaद्धता जनाएको छ । 

शुक्रबारबाट काठमाण्डाैमा सुरु भएको ‘नेपाल लगानी सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै एडीबीका उपाध्यक्ष सिजिन चेनले नेपालको पूर्वाधार विकासमा जोड दिँदै आएको एडीबीले अब बढी लगानी जलविद्युत क्षेत्रमा गर्ने पनि योजना पनि अघि सार्नु भयो ।

उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएकाले यसमा वैदेशिक लगानी बढाउन उपयुक्त वातावरण बन्दै गएको पनि बताउनु भयो ।

उपाध्यक्ष चेनले नेपालको गरिबी निवारण, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गर्दै आएको सहयोगको दायरालाई पनि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालले २५ वर्षभित्र समृद्ध हुने लक्ष्य लिएको उल्लेख गर्दैै त्यसका लागि विकास साझेदार संस्थाहरुले पनि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया