आर्थिक विकासका लागि नेपाल विदेशी लगानीकर्तासँग सहकार्य गर्न तयार छ: कार्यकारी प्रमुख अधिकारी

 चैत १५, २०७५ शुक्रबार १३:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले आर्थिक विकासका लागि नेपाल विदेशी लगानीकर्तासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । 

काठमाण्डाैकाे होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ का सहभागीलाई धन्यवाद मन्तव्य दिँदै उहाँले लगानीका दृष्टिले प्रशस्त सम्भावना बोकेको नेपालमा पछिल्लो समय लगानीका लागि पनि उपयुक्त वातावरण बनेको बताउनुभएको हो ।

उहाँले विदेशी लगानीसम्बन्धी कानुनी जटिलताको अन्त्य हुनुको साथै लगानी सम्बन्धी अन्य नीतिगत व्यवस्था पनि परिमार्जन र संशाेधन भएकाले कानुनी र प्रक्रियागत जटिलताको अन्त्य भएको स्पष्ट पार्नुभयो ।

उहाँले लगानीको उचित प्रतिफलका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै विदेशी लगानीकर्तालाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभयो ।

बोर्डका कार्यकारी प्रमुख अधिकारीका अनुसार सम्मेलनमा विभिन्न ३९ वटा मुलुकबाट ३ सय कम्पनीका ७ सय ३५ विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया