विप्लव समूहमा आबद्ध रहेको भन्दै प्रधान अध्यापक पक्राउ

 चैत १५, २०७५ शुक्रबार १८:२:३० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - नेत्र विक्रम चन्द नेतृत्वको नेकपामा संलग्न रहेको आरोपमा जिल्लाको जनता माध्यमिक विद्यालयका प्रधान अध्यापक राम निवास चौहानलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । 

विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेको र निषेधित क्रियाकलापमा संलग्न रहेको आशंकामा चौहानलाई मायादेवी गाउँपालिकाको पकडीबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएका चौहानमाथि सार्वजनिक हित तथा सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्धामा १५ दिनको म्याद थप गरी प्रहरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनु भयो । पक्राउ परेका चौहानलाई जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ । 

यस अघि जिल्लामा विप्लव समूहमा आबद्ध रही विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको भन्दै अन्य ३ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत ३०, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया