जर्मनीको भाग्य स्वीडेन र मेक्सिकोको खेलमा निर्भर

 असार १३, २०७५ बुधबार १४:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तर्गत बुधबार समूह एफका मेक्सिको र स्वीडेन भिड्दैछन् । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समेत पराजित गरेको मेक्सिको उच्च फर्ममा रहेको छ । उ अहिले  तालिकामा २ खेल्नै जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । जसले गर्दा आजको खेलको नतिजाले अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने छ ।

आजको खेलमा मेक्सिकोले स्वीडेनलाई बराबरीमा रोके समूह विजेता बन्दै प्रि क्वार्टर फाइनलमा प्रवेश गर्ने छ । आजै अन्तिम चरणको खेलमा जर्मनी र दक्षिण कोरिया  पनि भिड्न लागेकाले यदि मेक्सिको पराजित भएमा उसलाई अप्ठेरो पर्ने छ । जर्मनीको ३ अंक हुँदा स्वीडेनको पनि ३ अंक मात्रै रहेको छ । जसले गर्दा यो समूहमा अन्तिम १६ मा पुग्ने टिमको टुंगो अन्तिम खेलको समाप्तिसँगै हुने छ ।

इकाटेरिङ बर्ग एरेनामा मेक्सिको विरुद्धको खेलमा स्वीडेनलाई प्रि क्वार्टर फाइनलपुग्न ठूलो गोल अन्तरको जितआवश्यक छ । पछिल्लो खेलमा जर्मनीसँग पराजित भएको स्वीडेनले आजको खेलमा मेक्सिकोलाई ठूलो गोल अन्तरले पराजितगर्न सके जर्मनी समूह चरणबाटै घर फर्कन बाध्यहुने छ ।

तर त्यसैको ठीक उल्टो आजको खेलमा मेक्सिको धेरै गोल अन्तरले पराजितहुँदाअर्को खेलमा जर्मनी विजयी भए प्रतियोगितामा लागातार दुई खेल जितेर पनि प्रि–क्वार्टर फाइनलमा नपुग्ने अभागि टिम पनि मेक्सिको हुन सक्ने सम्भावना उत्तिकै छ । जसले गर्दा आज राति पौने ८ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

मेक्सिकोका किपर ग्वीलेरमो ओचाओले पत्रकार सम्मेलनमा भने, हामी फुटबल कसरी खेल्ने भन्ने राम्रोसँग बुझेका छौँ, त्यसका आधारमा हामी बुधबार स्वीडेन विरुद्ध खेल्ने छौं ।

हामीलाई थाहा छ हामी जित्नका लागि खेल जारी राख्छौं । आजको खेलमा जित हात पारे समूह विजेताका रुपमा प्रि क्वार्टर फाइनलमा प्रवेश गर्नेछौँ । हामी सबैभन्दा उत्कृष्ट टिम भनेर घोषणा नगरे पनि दुनियाँ ठूला ठूला टिमलाई हामी पनि हराउन सक्छौं भन्ने प्रमाणित गरिसकेका छौं । गोलकिपर ओचाओले भने ।

प्लेर्स टु वाच

मेक्सिको : एन्ड्रेस गार्डडो : टिमका सबैभन्दा वरिष्ठ खेलाडी गार्डडोसँग युरोपमा एक दशक खेलेको अनुभव पनि छ । देशका लागि १४९ क्याप जितेका मिडफिल्डर गार्डडोले अहिलेसम्म १४ गोल गरिसकेका छन् । चौथो विश्वकप खेलिरहेका उनले सन् २००६ मा १९ वर्षमा डेब्यू गरेका थिए ।  सन २०१४ को विश्वकपमा मेक्सिकोलाई अन्तिम १६ मा पुर्याउन क्रोएशिया विरुद्ध गोल गरेका थिए । 

पीएसबी र वेस्ट ह्यामका हिर्विङ लोजानो तथा जेभियर हर्नान्डेज अहिलेसम्म पेनाल्टी प्रहारमा अघि बढ्दा कप्तान समेत रहेका गार्डडो विपक्षीका लागि चुनौती बन्ने देखिन्छ । 

स्वीडेन : ओला टोभिनसन

ओला टोभिनस स्वीडेनका महत्वपूर्ण अनुभवी स्ट्राइकर रहेका उनी मेक्सिको रक्षा पंक्तिका लागि चुनौती बन्न सक्छन् । प्रशिक्षक जोन एंडर्सनले भरोसा गर्ने खेलाडीमा पर्छन् । ६१ क्याप जितेका टोभिनसनले अहिलेसम्म १४ गोल गरेका छन् । स्वीडेन युरोपीयन यू २१ को च्याम्पियन हुँदा महत्वपूर्ण भूमिका निभाएका टोभिनसनले जर्मनी विरुद्ध विश्वकपमा एक गोल गरेका थिए । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया