रंगभेदमा आधारित राष्ट्रवाद र पृथकतावाद बढाउने विषयवस्तुमा फेसबुकले रोक लगायाे

 चैत १६, २०७५ शनिबार १४:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुकले रङ्गभेदमा आधारित राष्ट्रवाद वा पृथकतावादलाई बढावा दिने अथवा त्यसको समर्थन गर्ने सबै विषयवस्तुमा रोक लगाएको छ ।

न्यूजिल्याण्डको दुईवटा मस्जिदमा अष्ट्रेलियाका श्वेत बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली बर्साएपछि फेसबुकले यो फैसला लिएको हो । 

क्राइस्टचर्चमा भएको हमलामा ५० जनाले ज्यान गुमाएका थिए । बन्दुकधारीले फेसबुकमार्फत लाइभ गर्दै त्याे घटना घटाएका थिए । यसपछि फेसबुक प्रश्नको गोलचक्करमा फसेको थियो । कैयौं नागरिक अधिकार समूहले आरोप लगाएका थिए कि फेसबुकले आफ्नो प्लेटफर्ममा रंगभेद आधारित धृणा तथा हिंसा फैलाउने सामग्रीमाथि रोक लगाउन असफल भएको छ । 

फेसबुकले योभन्दा पहिले रंगभेदमा आधारित वर्चश्ववादसम्बन्धी विषयवस्तुमा रोक लगाएको थियो । तर यससँग जोडिएको पृथकतावाद या राष्ट्रवादसम्बन्धी सामग्री प्रतिबन्धित थिएन ।

फेसबुकले चौतर्फी विवाद र विभिन्न अधिकार समूहको दबाबपछि आफ्नो नीति बदलेको हो । लयर कमिटि फर सिभिल राइट (नागरिक अधिकारका लागि वकिल समिति) का अध्यक्ष क्रिस्टेन क्लार्कले भने, ‘रंगभेदमा आधारित वर्चस्ववाद विचारको रंगभेद आधारित राष्ट्रवाद अथवा पृथकतावादबाट अलग गरेर देखाइन्छ तर यी सबमा अब कुनै अन्तर छैन । यी सबैले घृणा र हिंसालाई बढावा दिने काम गर्छ ।’

फेसबुकले अप्रामाणिक व्यवहार गरेको भन्दै फिलिपिन्सको २ सय एकाउन्ट अथवा पेज हटाइदिएको छ । फेसबुकको अनुसार, उनीहरुको एकाउन्टमा विषयवस्तु नभएर व्यवहारको लागि हटाइएको हो ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया