विदेशबाट युवा फर्काउन रोजगार होइन, स्वरोजगारका कुरा गरौं : डा. गुरुङ

 असार १३, २०७५ बुधबार १४:५०:४८ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – काम गर्न सक्ने युवा जति रोजगारीका लागि विदेश जान थालेपछि हिजोआज यो विषय राजनीतिसित दह्रोगरी जोडिन थालेको छ । जुनसुकै पार्टीको सरकार भएपनि विदेशमा भएका युवालाई स्वदेश फर्काउने तथा देशभीत्रै रोजगारीको अवसर सिर्जना गर्ने विषय कतै न कतै जोडिएकै हुन्छ ।

पार्टीका घोषणापत्रदेखि सरकारका नीति तथा कार्यक्रमका विषय बन्छन् वैदेशिक रोजगारी । आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दा वर्तमान सरकारले मुलुकभित्र थप रोजगारी सिर्जना गर्ने कार्यक्रम घोषणा गर्दै त्यसका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । यो कार्यक्रमको मुख्य लक्ष्य हुनेछ, नेपाली युवाको वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने ।

तर सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन नहोला भन्ने आशंका भने गर्न सकिन्छ, यसअघिका नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थाले । विदेशमा रहेका युवा फर्काउन कस्ता योजना चाहिन्छन्, देशभित्रै रोजगारी सिर्जना गर्न के गर्नुपर्ला भन्ने विषयमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका नेपाल इन्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (निड्स)का अध्यक्ष डा. गणेश गुरुङसित रीतु थेबेले गरेको कुराकानी । 

युवालाई स्वदेश फर्काउने र देशमै रोजगारी सिर्जना गर्नेबारे तपाईंको धारणा के छ ? 

वैदेशिक रोजगारीमा भएका युवालाई स्वदेश फर्काउने भन्ने बहस हुन थालेको निकै समय भयो । हरेक सरकार र श्रममन्त्रीले यो महत्वपूर्ण कुरा हो, हामी गर्छौं भन्छन् । तर यो महत्वपूर्ण विषय कुरामा मात्रै सिमित रहन्छ । व्यवहारमा उतारिँदैन । हाम्रो समाज र आर्थिक समृद्धिका लागि गर्नैपर्ने कुरा हो यो । 

जस्तै, मोटरसाइकल चल्न धेरै पाटपूर्जाले काम गरेको हुन्छ । एउटा पार्ट हुन्छ स्पार्किङ प्लक । किक हानेपछि पूरै इन्जिल चलाउने काम शुरु गरिदिन्छ स्पार्किङ प्लकले । समाजका लागि वैदेशिक रोजगारीमा भएका युवालाई फर्काउन सके स्पार्किङ प्लकको जस्तै काम गर्छ । यो विषयमा बहस हुनुपर्छ । र यसलाई व्यवहारमा उतार्ने संयन्त्रको विकास हुनु जरुरी छ । 

बहस मात्रै हुने, काम चाहिँ नहुने हो ? 

हो । बहसका लागि बहस मात्रै भयो अहिलेसम्म । म योजना आयोगमा हुँदाखेरी पनि यो मुद्दामा कुरा उठायौं । हिन्दुस्थान र चीनमा उत्पादन हुने भन्दा नेपालमा

एक वर्षमा पाँच लाखदेखि साढे पाँच लाख मानिस श्रम बजारमा प्रवेश गर्छन भनेर हामी कुरा गछौं । हाम्रो नीति त्यो जनशक्तिलाई रोजगार बनाउनेमा केन्द्रित छ । रोजगारीमा मात्रै ध्यान केन्द्रित गर्नु नै हाम्रो कमजोरी हो । त्यो गलत छ । 

उत्पादन हुनेमा तुलनात्मक दृष्टिकोणले बढी फाइदा र कम लागतमा उत्पादन गर्न सकिने कुरा के छ भनेर हामीले हिसावकिताव निकाल्यौं । त्यसमा ६० वटा खाद्यान्नका उत्पादन थिए । 

ती खाद्यान्न उत्पादन गर्न सकेको भए हामीले हिन्दुस्थान र चीनको उत्पादनलाई पछि पार्न सक्थ्यौं । हाम्रो उत्पादन राम्रो र कम लागतको हुन्थ्यो । चामल, दूध, तरकारी लगायत खाद्यान्न उत्पादनका विषय थिए त्यसमा । यी उत्पादनलाई हाम्रो संयन्त्रले व्यवस्थापन गर्न सकेको भए हामी धेरै अगाडि पुगिसकेका हुन्थ्यौं । 

रोजगारी कतिले पाउने अनुमान गर्नुभएको थियो ?  

एक वर्षमा पाँच लाखदेखि साढे पाँच लाख मानिस श्रम बजारमा प्रवेश गर्छन भनेर हामी कुरा गछौं । हाम्रो नीति त्यो जनशक्तिलाई रोजगार बनाउनेमा केन्द्रित छ । रोजगारीमा मात्रै ध्यान केन्द्रित गर्नु नै हाम्रो कमजोरी हो । त्यो गलत छ । 

२०/२५ वर्षदेखि यही भन्दै हामी भनिरहेका छौं, कराइरहेका छौं । नीति पनि बनेका छन् । हामी स्वरोजगारमा केन्द्रित हुनुपर्छ । स्वरोजगार भए मात्रै देशभित्रै उत्पादन भइरहेका जनशक्तिलाई स्वरोजगारहरुले रोजगार दिन सक्छन् । हामीले सोचाइ परिवर्तन गर्न जरुरी छ । 

देशमै रोजगारी सिर्जना गर्न के के काम हुनुपर्छ ? 

दैनिक १२–१५ सय युवा विदेश गइरहेका छन् । यो तथ्याङ्कमा हामीले भारत जानेलाई जोडेका छैनौं । विदेश जानेको कुरा धेरै गर्‍यौं, फर्कनेको कुरा गरेका छैनौं । दिनहुँ डेढ देखि दुई सय जना अब म फर्कन्न भनेर खाडी र मलेसियाबाट आउने गरेका छन् । तिनीहरुलाई स्वरोजगार बनाउने भनेर केही कार्यक्रम पनि लागु भए । त्यसले पनि काम गरेन । 

विदेशमा ५/७ वर्ष काम गरेपछि फर्केर आउँदा तिम्रो सपना स्वरोजगारको कसरी हुन सक्छ भन्ने कुरा जानुभन्दा पहिले नै गर्नुपर्ने रहेछ । जस्तै, कोही एकजना युवा साउदीको अल्माराइ भन्ने डेरी उद्योगमा काम गर्न जान लागेको छ भने उसलाई नेपाल फर्केपछिको सम्भावनाका बारेमा जानकारी दिनुपर्ने रहेछ । 

त्यहाँ ६ वर्ष काम गरेपछि पैसा, सीप र ज्ञान ल्याउँछौ, आफ्नै गाउँमा २५ वटा गाई पालेर कसरी स्वरोजगार हुन सक्छौ भनेर जानुअघि नै सिकाउनु पर्ने रहेछ । त्यसो गर्दा उसले गाउँमा फर्केर २५ वटा गाई कसरी पाल्ने भन्ने सीप सिक्दै सपना बुन्दै गर्दा आफ्नो तयारी पनि गर्दै गर्छ । त्यसका लागि तीन महिनासम्मको तालिम दिन सकिन्छ । 

युवालाई उद्यमशिलता सिकाउने प्याकेज दिन सकेनौं । अहिले पनि कोही व्यक्तिले कारखाना खोल्छु, अथवा बाख्रापालन, कुखुरापालन गर्छु भन्यो भने सरकारले उसलाई कसरी अगाडि बढाउने भन्ने कुराको प्याकेज छैन । त्यही कारणले मानिसहरु स्वरोजगार हुन सकिरहेका छैनन् । उद्यमशिलता बनाउन के के व्यवसाय चल्न सक्छ, त्यो व्यवसायको सम्भाव्य अध्ययन सरकारले गरिदिनुपर्छ । 

देशको आर्थिक समृद्धि भनेको मानिसलाई उद्यमशिलता बनाउने पनि हो । उद्यमशिलता भनेको उसलाई बिस्तारै हिँड्न सिकाउने हो । विदेशबाट फर्केर आएका युवालाई व्यवस्थापन गर्न सकिएको छैन । फर्केर आउने सबै युवाले नेपाल बस्ने रहर राख्छन् । तर अवसर नपाएर कतिपय युवा फर्कन्छन् । 

गर्न खोज्ने मान्छेलाई कम्पनी दर्ता गर्ने, ऋण खोज्न, कच्चापदार्थ जुटाउन, बजार कति हुन्छ, मार्जिन कति हुन्छ यी सबै कुरा सिकाउने प्रावधान भएको संयन्त्रको निर्माण भएन नेपालमा । मैले यहाँ समस्या देखेको छु । कोही मान्छेले गर्छु भन्छ, तर उसले कम्पनी खोलेर कच्चापदार्थ र बजार बुझ्दा बुझ्दै नेपालमा केही गर्न नसकिने रहेछ भन्ने निर्णयमा पुग्छ । 

त्यस्तो अवस्थाका युवालाई उद्यमशिलता सिकाउने प्याकेज दिन सकेनौं । अहिले पनि कोही व्यक्तिले कारखाना खोल्छु, अथवा बाख्रापालन, कुखुरापालन गर्छु भन्यो भने सरकारले उसलाई कसरी अगाडि बढाउने भन्ने कुराको प्याकेज छैन । त्यही कारणले मानिसहरु स्वरोजगार हुन सकिरहेका छैनन् । उद्यमशिलता बनाउन के के व्यवसाय चल्न सक्छ, त्यो व्यवसायको सम्भाव्य अध्ययन सरकारले गरिदिनुपर्छ । 

के भयो भने विदेशमा रहेका युवा फर्कन्छन् ? 

उसलाई प्याकेजमा चाहियो । लामो समय खाडी वा मलेसिया बसिसकेकाले नेपालमा के गर्न सकिएला, परिवारसँग बस्न चाहन्छु, मेरो देशमा बस्न चाहन्छु भन्छन् । तर हामीले यहाँ के गर्ने, कसरी गर्ने र श्रोत र साधन कसरी जुटाउने भन्ने सिकाउने तथा दिन सक्ने संयन्त्रको निर्माण हुन सकेन ।

एकजना व्यक्ति म उद्यमी हुन्छु भन्छ भने उसलाई काउन्सिलिङ, मार्केटिङ, ऋण देखि लिएर हात समाएर उसलाई लड्न नदिने संयन्त्रको निर्माण गर्नु जरुरी छ । त्यो हामीकहाँ अहिलेसम्म विकास हुन सकेको छैन । त्यसैले त खाद्य पदार्थमा पनि हामी अहिलेसम्म परनिर्भर छौं । 

त्यो दिन सकियो भने ५२ डिग्रीको तापक्रममा प्रायः युवाहरु श्रीमती, बालबच्चा र बुढाबुढी भएका बाआमा छाडेर विदेशमा बस्दैनन् । देशभित्रै उसले भविष्य देखेको छ । तर विकल्प नभएपछि युवा विदेश नै गइरहेका छन् । 

ठूला कलकारखाना खोलेर देशभित्रै रोजगारी दिन पनि सकिएला कि ? 

सकिन्छ । त्यो चाहिँ हरेक तह तहको हुनुपर्‍यो । एकजनाले मःमः दोकान खोलेर तीन चार जनालाई रोजगार दिने देखि लिएर ठूल्ठूला कम्पनी खोलेर धेरै मानिसलाई रोजगारी दिने खालको हुनुपर्छ । पहिलो सम्भावना खाद्यान्नमा नै छ । किनभने खाद्यान्न हामीलाई दिनको तीन पटक चाहिन्छ । 

हामीलाई चाहिने तरकारी भारतबाट आउन जरुरी छैन । मासु ल्याउन जरुरी छैन । यही उत्पादन हुन सक्छ । यातायातको खर्च घट्न सक्छ । कम लागतमा कम मूल्य पर्ने उत्पादन गर्न सक्छौं । तर त्यो कुरा चाहिँ प्याकेजमा हुनुपर्छ ।

एकजना व्यक्ति म उद्यमी हुन्छु भन्छ भने उसलाई काउन्सिलिङ, मार्केटिङ, ऋण देखि लिएर हात समाएर उसलाई लड्न नदिने संयन्त्रको निर्माण गर्नु जरुरी छ । त्यो हामीकहाँ अहिलेसम्म विकास हुन सकेको छैन । त्यसैले त खाद्य पदार्थमा पनि हामी अहिलेसम्म परनिर्भर छौं । 

याे पनि पढ्नुहाेस् 

सीप, पैसा र उत्साह लिएर नेपाल फर्कनुहोस्, लगानीको वातावरण सरकारले बनाउँछ : पूर्वमन्त्री तुलाधर

अन्तिम अपडेट: कात्तिक ६, २०७५

रीतु थेबे

वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्ने थेबेलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया