नेपाल कला परिषदमा शनिबारदेखि मिथिला चित्रकला प्रर्दशनी

 चैत १६, २०७५ शनिबार १६:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको बबरमहलमा रहेकाे नेपाल कला परिषदमा शनिबारदेखि मिथिला चित्रकला प्रर्दशनी सुरु भएको छ । 

रञ्जु यादवको एकल चित्रकला प्रदर्शनीमा मिथिला संस्कृतिको परम्परागत तथा सांस्कृतिक महत्व झल्किने चित्रकलाहरु राखिएको छ । मिथिला संस्कृतिको अलावा समाजमा विद्यमान विकृति, विसंगति, महिला शोषण, छुवाछुत विरुद्धका संन्देशहरु झल्किने चित्रकला प्रर्दशनीलाई कलर्स अफ चेन्ज नाम दिइएको छ ।

तराई क्षेत्रमा व्याप्त दाइजो प्रथा, भ्रूणहत्या, बालिका विवाहलगायत विकृतिहरु विरुद्धको जनचेतना फैलाउने सन्देश चित्रहरुमा देखिन्छ ।

प्रर्दशनी आगामी २० गते सम्म चल्ने जनाइएकाे छ ।

अन्तिम अपडेट: भदौ १७, २०७६

तपाईको प्रतिक्रिया