मकवानपुर–११ ले जित्याे दाेस्रो शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि

 चैत १६, २०७५ शनिबार १९:३६:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडामा सम्पन्न दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकप २०७५ को उपाधि मकवानपुर –११ जितेकाे छ ।

प्रतियोगिताको फाइनल खेलमा क्यामरुनकाे दाउफिन्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै मकवानपुर ११ ले उपाधि जित्न सफल भएको हो । मकवानपुरका तर्फबाट दुवै गोल योगेश गुरुङले गर्न सफल भए । उनले खेलको ८ औं र ८१ औं मिनेटमा गरेको गोलले नै टिमलाई उपाधि जिताउन सफल भयो ।

यता दाउफिन्सका तर्फबाट खेलको चौथो मिनेटमा यानीको वानाले गोल गरेका थिए । त्यसपछी दाउफिन्सले कुनैपनि गोल गर्न नसकेकाले मकवानपुरे खेलाडीले आफ्नै खेलमैदानमा उपाधि जित्न सफल भए । 

विजयी भएसँगै मकवानपुर ११ ले आठ लाख रुपैयाँ नगद, शील्ड, पदक र प्रमाणपत्र हात पारेको छ । विजयी टिमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गर्नुभयो । यसैगरी दोस्रो हुने दाउफिन्सले नगद ४ लाख रुपैयाँ, शील्ड, पदक र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

सर्वाेत्कृष्ट खेलाडी घाेषित मकवानपुर ११ का गोलकिपर असोक बराललाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया