मार्क जुकरबर्गको सरकारसँग आग्रह - इन्टरनेट सामाग्री नियन्त्रणका लागि सहयोग गर्नुहोस्

 चैत १७, २०७५ आइतबार ११:५५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले इन्टरनेटका सामाग्रीमाथि नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय र सरकारले थप सक्रिय भूमिका निभाउनु पर्नेमा जोड दिएका छन् । 

वासिङ्टन पोस्टमा प्रकाशित लेखमा फेसबुकका प्रमुख भन्छन्, ‘हानिकारक सामाग्रीहरुमाथि नियन्त्रणको जिम्मेवारी एउटैले लिन कठिन हुन्छ ।’ उनले निम्न चार क्षेत्रमा नयाँ कानुनका लागि आग्रह गरेका छन् : हानिकारक सामाग्री, चुनावी अखण्डता, गोपनीयता र डाटा पोर्टाबिलिटी (तथ्याङ्कलाई सहजरुपमा लिन योग्य) ।

एक बन्दुकधारीले न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेको मस्जिदमा आक्रमण गर्नको लागि फेसबुक साइटको प्रयोग गरेको दुई हप्तापछि यो कुरा आएको हो ।

जुकरबर्ग लेख्छन्, ‘कानुनविद्हरु आफूसँग भाषण र वाक् स्वतन्त्रा बढी भएको स्वीकार्छन् र स्पष्टरुपमा म यसमा सहमत छु ।’ उनले फेसबुकलाई मानिसले उजुरी र छलफल गर्न सक्ने एक स्वतन्त्र निकाय बनाइनुपर्नेमा जोड दिएका छन् । 

जुकरबर्गले विज्ञान र प्रविधि कम्पनीमाथि लागू हुने नयाँ कानुनको पनि वर्णन गरेका छन् । उनी भन्छन्, ‘यो नयाँ नियम सबै वेवसाइटका लागि समान हुनुपर्छ, जसले हानिकारक सामाग्री को प्लेटफर्ममाथि रोक लगाउन सकियोस् ।’

फेसबुकले यी सबै मुद्दाहरु सुल्झाउने जिम्मेवारी लिएको र यसका लागि विश्वभरका सांसदसँग चर्चा गर्नको लागि आफू तयार भएको जुकरबर्गले बताएका छन् ।   
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया