प्रदेश तीनको हिउँदे अधिवेशन आइतबारदेखि, प्रदेशको नामाकरण र राजधानीको विषयले प्रवेश पाउने

 चैत १७, २०७५ आइतबार १४:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ को वर्षे अधिवेशन सकिएको ३ महिनापछि आइतबारदेखि हिउँदे अधिवेशन सुरु हुन लागेको छ । वर्षे अधिवेशन सकिएको ९४ दिनपछि सभामुख सानुकुमार श्रेष्टले हिउँदे अधिवेशन डाक्नुभएको हो ।

हिउँदे अधिवेशनमा लामो समयदेखि प्रदेशबा बासिन्दाको चासोको रुपमा रहेको राजधानीको विषयले पनि प्रवेश पाउने संकेत देखिएको छ । राजधानी हेटौँडा नै रहने वा अन्यत्र सार्ने भन्ने विषयमा र नामाकरणको विषयमा आइतबारदेखि सुरु हुने अधिवेशनमा छलफल गरिने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार दिउँसो ३ बजे अधिवेशनको लागि आह्वान गर्नुभएको छ ।

अधिवेशमा ७ वटा विधेयक दर्ता

हिउँदे अधिवेशनमा अधिवेशनमा छलफलको लागि प्रदेश सचिवालयमा ३ वटा संशोधन विधेयकसहित ७ वटा विधेयक दर्ता भएका छन् । सभामा गएको पुस महिनामै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको संशोधन विधेयक, गएको माघमा प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन २०७४ को संशोधन विधेयक, गएको फागुनमा कर तथा गैर कर राजश्वसम्बन्धी ऐनको संशोधन विधेयक दर्ता भएका छन् ।

यस्तै प्रदेशसभामा प्रदेश राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सहकारीसम्बन्धी विधेयक, सूचनाको हकसम्बन्धी विधेयक, प्रादेशिक व्यापार व्यवसायसम्बन्धी विधेयक, प्रदेशको सार्वजनिक सडक व्यवस्था तथा सञ्चालन विधेयक दर्ताको तयारीमा रहेको जानकारी छ ।

     
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया