ओखलढु‌ंगा जीप दुर्घटना: ज्यान गुमाउनेकाे स‌ंख्या ७ पुग्याे

 चैत १७, २०७५ आइतबार २०:९:२६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – मानेभञ्ज्याङ गाउँपालिका-७, थाक्लेमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेकाे स‌ंख्या ७ पुगेको छ । ७ मध्ये ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको हो । 

सोलुखुम्बुको जुनबेँसीमा रहेकाे ठूलो गुम्बाबाट काठमाण्डौका लागि छुटेको बा१६च २२०७ नम्बरको जीप आइतबार बिहान ११ः४५ बजे सिद्धिचरण राजमार्गको ओखलढुंगा घुर्मी सडक खण्डको थाक्लेको भीरबाट २ सय मिटर तल खसेको थियो ।

जीपमा रहेका ९ मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयो । मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र उनकी ४५ वर्षीया श्रीमती डोमा शेर्पा, काठमाण्डौको बौद्धस्थित नयाँवस्तीका ३६ वर्षीया नोर्बू शेर्पा, ४० वर्षीया ङावाङ शेर्पा, ५० वर्षीया साङ्गेला शेर्पा, ३२ वर्षीया नुमा शेर्पा रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । घाइतमध्ये काठमाण्डौ नयाँबस्तीका कुङ्सिङ्गे शेर्पाको उपचारका लागि काठमाण्डौ पुर्याएपछि मृत्यु भएको छ भने चालक काठमाण्डौ बौद्धका ३० वर्षीय कृष्ण श्रेष्ठ र ९ वर्षीय बालक मिङ्मा शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था गम्भीर रहेकाले काठमाण्डौ पठाइएको श्रेष्ठले जानकारी दिनुभयो । उदयपुरको घुर्मीस्थित आस्था अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको थियो । 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया