पूर्वपत्नी मलाइका अरोडाको विवाहको प्रश्नमा अरबाजकाे यस्तो प्रतिक्रिया

 चैत १७, २०७५ आइतबार २०:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड यतिबेला अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको विवाहको खबरले तातेको छ ।

खबरहरुका अनुसार यो जोडीले यही अप्रिल १९ मा क्रिश्चियन परम्परा अनुसार विवाह गर्नेछ । विवाहमा मलाइका र अर्जुनका परिवार र नजिकका साथीहरु सहभागी हुनेछन् । यस विषयमा मलाइका र अर्जुनको तर्फबाट कुनै आधिकारिक बयान भने आइसकेको छैन ।

तर यसैबीच मलाइका अरोडाका पूर्व पति अरबाज खानले मलाइका र अर्जुनको विवाहको खबरको प्रतिक्रिया दिएको भिडियो भने सामाजिक सञ्जालमा चर्चामा रहेको छ । 

एक कार्यक्रममा सहभागी भएको बेला अरबाज खानलाई पत्रकारहरु मध्यबाट एकजनाले उनलाई पूर्व पत्नी मलाइका अरोडाको विवाहबारेमा प्रश्न सोध्दा उनले दिएकाे प्रतिक्रियाका कारण त्यहा उपस्थित सबै गलल हाँस्न थाल्छन् ।

अरबाजले उक्त प्रश्न सुने पश्चात एक छिनसम्म हाँसेरै बसे त्यसपछि प्रश्न गर्ने पत्रकारलाई भने, ‘एकदमै सही प्रश्न सोध्नु भयो तपाइँले, यस प्रश्नको लागि तपाईले पूरा रात बसेर तयारी गर्नुभयो होला है? हिँड्नुस खाना खाऔं, लञ्च टाइम भइसक्यो । म यसको जवाफ अवस्य दिनेछु । तर तपाईले प्रश्न सोध्न समय लगाउनु भएको छ । त्यसैले म पनि यस विषयमा सोचविचार गरेर भोलि जवाफ दिनेछु ।’  

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Repost @lnbolly Arbaaz reaction on Arjun and Malaikas marriage

A post shared by instabollywoodfc (@lnstabollywoodfc) on

अरबाज खान र मलाइका अरोडाले १९ वर्ष लामो वैवाहिक सम्बन्धलाई सन् २०१७ मा तोडेका थिए । सम्बन्ध विच्छेद पछि मलाइकाले अर्जुन कपूरलाई डेट गरिरहेकी छिन् भने अरबाज खान पनि मोडल जर्जिया यान्ड्रीयानीलाई डेट गरिरहेका छन् ।

मलाइका अरोडा र अर्जुन कपूरले १९ अप्रिलमा विवाह गर्न लागेको खबरलाई निकै नै गोप्य राख्न खोजिरहेका छन् । साथै विवाहमा उपस्थित हुने पाहुनाहरुलाई विवाहको खबरलाई गोप्य राखिदिन अनुरोध गरेका छन् ।

विवाहमा खटिने कर्मचारी, मेकअप आर्टिस्ट, डिजाइनर लगायतका अन्य कर्मचारीहरुलाई समेत यस विषयमा चुपचाप रहन निर्देशन दिइएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया