भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

 चैत १८, २०७५ सोमबार १४:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसले अमेरिकालाई चेतावनी दिँदै भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप नगर्न भनेको छ । रुसको यो चेतावनीपछि दक्षिण अमेरिकी देश भेनेजुएलामा सैन्य कारबाही गर्न सक्ने अनुमान लगाइएको छ ।

एक रिपोर्टका अनुसार, रुसको विदेश मन्त्रालयकी प्रवक्ता मरिया जाखारोवाले भनिन्, 'हामी अमेरिकालाई यो आग्रह गर्छौं कि भेनेजुएलालाई धम्क्याउने, उसको आर्थिक अर्थव्यवस्था बर्बाद गर्ने र उसलाई गृहयुद्धमा धकेल्ने काम बन्द गर । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गरिरहेको छ ।' 

‘अमेरिकासमेत पश्चिमी देशको यो आरोपको विपरीत रुसले भेनेजुएलामा जानेर वा बुझेर सैन्य उपस्थिति गराएको भने होइन', उनले भनिन् ।

भर्खरै जारी गरिएको एक रिपोर्टमा यो भनिएको छ, 'रुसी वायुसेनाको दुईवटा विमान २३ मार्चको झण्डै सय सैनिक र ३५ टन सामान लिएर भेनेजुएला पुगेको थियो ।' रुसले भने यो आरोप निराधार भएको बताउँदै आएको छ । 

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया