ब्रुनाइमा समलिंगी सम्बन्धबारे पत्ता लागे ढुंगाले हानी मार्ने कानुन आजदेखि लागू

 चैत २०, २०७५ बुधबार ११:५४:५२ | एजेन्सी
unn.prixa.net

ब्रुनाइमा सजाय स्वरुप भौतिक कारबाही गर्ने नयाँ कानुन लागू भएको छ । नयाँ कानुनले समलिंगी सम्बन्धमा रहेका व्यक्तिलाई ४ जना व्यक्तिले देखे वा व्यक्ति आफैँले स्वीकार गरे ढुंगाले हानेर मृत्युदण्ड दिइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

यस्तै चोरी गरेको पुष्टि भए उसको हात वा खुट्टा शरीरबाट अलग गर्ने लगायत कठोर दण्ड दिने कानुन आजदेखि लागू भएको हो । मुश्लिम समुदायको जनसंख्या दुई तिहाई रहेको ब्रुनाइमा रक्सी बेच्न पहिलादेखि नै प्रतिबन्ध लगाइएको छ । 

यो कानुनको विश्वका अधिकारवादी संस्थाले विरोध गरेका छन् । त्यहाँको कानुनमा मृत्युदण्डको व्यवस्था भए पनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया