इन्डोनेसियामा नारीवादविरुद्धकाे अभियान : ‘यो शरीर मेरो होइन, अल्लाहको हो’

 चैत २०, २०७५ बुधबार १५:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

नारीवाद विरोधी समूह, इन्डोनेसिया तन्पा फेमिनिज (नारीवादबिनाको इन्डोनेसिया) ले प्रस्तावित यौन हिंसाविरुद्धको कानुनमा चलिरहेको बहसबीच सामाजिक सञ्जालमा अर्काे बहस चलाएका छन्, जसले नारीवादी र केही इस्लामिक समूहलाई एकअर्काकविरुद्ध खडा गरिदिएको छ । 

त्यस समूहको  इन्स्टाग्राममा लेखिएको छ, ‘मेरो शरीर मेरो होइन, इन्डोनेसियालाई नारीवाद चाहिँदैन ।’ महिलाहरुले हातमा 'इन्डोनेसियामा नारीवादको आवश्यकता छैन' जस्ता लेखिएका ब्यानर र ह्यासट्याग अनइन्स्टलफेमिनिजम र ह्यासट्याग इन्डोनेसिया तन्पा फेमिनिज’ लेखिएका कार्डहरु समातेका छन् । 

गएकाे मार्च १७ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा पहिलो पोस्ट गरेको समूहले १ हजार ८ सयभन्दा बढी फलोअर्स पाइसकेको छ । तर पनि इन्डोनेसियामा लोकप्रिय इन्स्टाग्राम प्रभावितहरुमध्ये प्रत्येकका ५० हजारभन्दा बढी फलोअर्स रहेका छन् । 

एक पोस्टमा, एक नाम नखुलेकी महिलाले नारीवादको आवश्यकता नरहेको भन्दै यसले ‘पारम्परिक पारिवारिक निर्माणलाई द्वन्द्वको रुपमा देखाउँछ’ लेखेको कार्ड बोकेकी छिन् ।   

समूहको केही पुराना पोस्टमा नारीवादलाई निन्दनीय पश्चिमी विचारबाट प्रेरित भएको देखाइएको छ, जुन इस्लामी मूल्य र मान्यताको लागि विरोधाभासपूर्ण रहेकाे भनिएकाे छ । समूहमा लागेकाहरु आफ्नो शरीरमा पूर्ण रुपमा आफ्नो अधिकार रहने कुरा गलत भएको भन्दै भन्छन्, ‘मेरो शरीर मेरो होइन, अल्लाहको हो । ’

माथिको पोस्टमा एक इन्स्टाग्राम प्रयोगकर्ताले टिप्पणी गर्दै भनेका छन्, ‘मानौं, यो शरीर भगवानको हो तर महिलाहरु यसमा निश्चित हुनुपर्छ कि अरु व्यक्तिहरुले पनि राम्रो व्यवहार गरुन् ।’ उनले सोधेका छन्, ‘हामी रहेको दुनियाँमा भगवानको शरीरको सम्मान हुनुपर्छ भनेर सुनिश्चत गर्नु पर्दैन ?’

गएकाे मार्च २७ मा इन्स्टाग्राम एकाउन्टमा हिजाब लगाएका दर्जनौं महिलाहरुको समूहको पोस्ट गरिएको फोटोको क्याप्सनमा लेखिएको छ, ‘फ्रेममा : महिलाहरुले आफ्नो पीँढी चाहन्छन् भने नारीवादको विषबाट मुक्त हुनुपर्छ ।’ 

त्यस समूहले गरेको अनलाइन आन्दोलनले निकै चर्चा पाइरहेकाे छ । नयाँ पुस्ताका इन्डाेनेसियाली नागरिकले भने त्यस समूहले नारीवादलाई गलत रुपमा बुझेको दाबी गरेको छ । 

जकार्ताकी २४ वर्षीया निजी क्षेत्रमा काम गर्ने कर्मचारी फ्रिशान्ति मारिसाले सामाजिक सञ्जालमा त्यस समूहको उपस्थितिले असहज महसुस भएको बताइन् । ‘उनीहरु नारीवादमाथि गलत दृष्टिकोण राख्छन्’, उनले भनिन् । 

रिजिका अर्रम नामक गैर सरकारी संगठनकी २३ वर्षीया स्वयंसेवकले त्याे आन्दोलन नारीवादबिना अस्तित्वमा नरहने बताइन् । 

केही वर्षदेखि इन्डोनेसियामा ‘इन्डोनेसिया विदाउट’ शब्दबाट सुरु हुने थुप्रै अनलाइन अभियान देखा परेका छन् । सबैभन्दा पहिला ‘इन्डोनेसिया विदाउट एफपीआई’ अभियान थियो, जो कट्टरपन्थी ‘इस्लाम डिफेन्डर्स फ्रन्ट’ को अस्तित्वमा हमला गर्ने काम गर्थ्यो । त्यसपछि ' इन्डोनेसिया विदाउट जेआईएल नामको एक अभियान देखा पर्‍यो, जुन लिबरल इस्लाम नेटवर्कका रुपमा रहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया