जुन देशसँग सबैभन्दा धेरै कच्चा तेल छ, त्यही देश गरिब किन ? कारण यस्ताे छ

 चैत २०, २०७५ बुधबार २०:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

आज पनि विश्वमा इन्धनको सबैभन्दा ठूलो स्रोत कच्चा तेल अर्थात् डिजेल र पेट्रोल नै हो । जबसम्म कालो सुन भनिने कच्चा तेलको सट्टामा अक्षय ऊर्जा (वैकल्पिक ऊर्जा) को प्रयोग गरिँदैन तबसम्म यसमा हाम्रो निर्भरता बढ्दै जान्छ । 

एक वर्ष पहिलेको तुलनामा सन् २०१८ मा विश्वमा धेरै कच्चा तेलको प्रयोग भयो । अर्गनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ्ग कन्ट्रिज (ओपेक) को रिपोर्ट अनुसार, विश्वमा सन् २०१७ मा ९.७२० करोड ब्यारल प्रतिदिन कच्चा तेल प्रयाेग भएको थियो भने सन् २०१८ यसमा अझै वृद्धि भयो । सन् २०१८ मा विश्वमा प्रतिदिन ९.८८२ ब्यारल कच्चा तेल प्रयोग भयो । 

ओपेकको आकलन अनुसार, सन् २०१९ मा यो आँकडा बढेर प्रतिदिन १०.०२३ करोड ब्यारल पुग्न सक्नेछ । यही कारणले गर्दा नै केही देशको राजस्वको ठूलो हिस्सा कच्चा तेलको बिक्रीबाट हुने कमाइ हुने गरेको छ । 

यस्तो अवस्थामा यो मान्न सकिन्छ कि जुन देशसँग कच्चा तेलको भण्डारण छ, ऊ स्वभाविक रुपमा फाइदाको स्थितिमा होला । तर वास्तवमा यस्तो हुँदैन किनकि कच्चा तेल सँधै देशको लागि धेरै पैसा लिएर आउँदैन । 

भेनेजुएला यस्तो देश हो, जोसँग कच्चा तेलको सबैभन्दा ठूलो भण्डारण छ । अमेरिकाको गुप्तचर संस्था सेन्ट्रल इन्टिलेजेन्स एजेन्सी (सीआईए) का अनुसार, भेनेजुएलासँग ३०, २३० करोड ब्यारल कच्चा तेल छ । 

दोस्रो नम्बरमा छ, साउदी अरब । यो देशसँग २६, ६२० करोड ब्यारल कच्चा तेलको भण्डारण रहेको अनुमान गरिन्छ । अन्तर्राष्ट्रिय स्तरमा यो देश अनेकौं प्रतिबन्धसँग जुधिरहेको छ । 

दुनिया में किसके पास कितना कच्चा तेल

क्यानडा यो सूचीको तेस्रो नम्बरमा छ । क्यानडासँग १७, ०५० करोड कच्चा तेलको ब्यारल रहेको अनुमान गरिन्छ । यो सूचीमा दक्षिण एसियाको शक्तिशाली र हाम्रो छिमेकी देश भारत २३ औं नम्बरमा छ । उसँग ४४९.५ करोड ब्यारल कच्चा तेल रहेको छ । 

भेनेजुएलासँग सबैभन्दा धेरै कच्चा तेलको भण्डारण रहेको छ र देशको ९६ प्रतिशत आय कच्चा तेलमा निर्भर रहेको छ । अमेरिकाले लगाएको प्रतिबन्धका कारण भेनेजुएलाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बेच्न पाइरहेको छैन । 

भेनेजुएला अहिले गम्भीर राजनीतिक संकटको चपेटामा परेको छ । देशको सरकारी स्वास्थ्य व्यवस्था पनि चिन्ताको विषय बनेको छ । साथसाथै खाद्य पदार्थ र अत्यावश्यक वस्तुमा पनि भारी कमी आएको छ । कयौंपटक त भेनेजुएला बिजुली जाँदा ब्ल्याक आउटको कारण पनि चर्चामा रहेको छ । 

अर्काे कुरा भेनेजुएलाको समुद्रको स्थिति पनि यस्तै छ, जसका कारण कच्चा तेल निकाल्न पनि धेरै महङ्गो छ । यहाँको तेल निकै भारी मानिन्छ, जसका लागि यसलाई निकाल्न सोल्वेटन्स (छान्नका लागि प्रयोग हुने विशेष विधि)को जरुरी हुन्छ ।

क्यानडाको स्थिति पनि यस्तै नै छ । यहाँको तेल पनि भारी नै मानिन्छ र यसलाई निकाल्न धेरै खर्च लाग्छ । 

ब्राजिल पनि यस्तै समस्याबाट जुधिरहेको छ । यहाँ तेलमा निकै कर लगाइन्छ, जसका कारण यहाँ कच्चा तेलको उत्पादन कम हुने गर्दछ । एक अनुमानका अनुसार, एक ब्यारल तेल निकाल्न साउदी अरबमा जति खर्च हुन्छ, त्यसको चारगुणा बढी खर्च ब्राजिल र भेनेजुएलामा हुने गर्दछ ।

ओपेकको आँकडा अनुसार, साउदी अरबमा एक ब्यारल कच्चा तेल निकाल्न यदि ९ अमेरिकी डलर खर्च हुन्छ भने भेनेजुएलामा २७.६२ अमेरिकी डलर र ब्राजिलमा ३४.९९ अमेरिकी डलर खर्च हुन्छ ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया