प्रियंका कार्की ‘चलखेल’ मा

 चैत २०, २०७५ बुधबार १८:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिनेमान्डु इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र ‘चलखेल’ को मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छिन् । प्रिंयका पछिल्लो समय सिनेमाभन्दा पनि म्युजिक भिडियोमा नै व्यस्त छिन् ।

केही दिन अघिमात्र उनले आयुष्का खनियाँको गीतबाट निर्देशनमा डेब्यू गरेकी थिइन् । योसँगै प्रिंयकाले आयांका फाउन्डेशनमार्फत् समाजसेवामा पनि आफ्नो हात अघि बढाएकी छिन् । 

यसै बीच अभिनेत्री कार्कीले लामो समयपछि कमेडी विधामा निर्माण हुन लागेको चलचित्र ‘चलखेल’ मा साइन गरेकी हुन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुने चलचित्रको बजेट २ करोडको आसपास रहेको निर्माता लेखबहादुर पुन डेनिमले बताए । 

मनाङ, जिरी र काडमाण्डौमा छायांकन गरिने सिनेमामा प्रिंयकाको जोडीको भने फाइनल भइसकेको छैन । यतिबेला निर्देशक बोहरा ‘हेल्लो जिन्दगी’ को पोष्ट प्रोडक्सनको तयारीमा जुटेका छन् 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया