संरक्षित जनावर घरमा पाल्न दिने कानुन बन्दै

 चैत २०, २०७५ बुधबार २०:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संरक्षित जनावर घरमा पाल्न दिने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

चोरी शिकार रोक्न संरक्षित जनावर घरमै पाल्न दिनु उपयुक्त हुने भन्दै मन्त्री बस्नेतले अन्तराष्ट्रिय स्तरमा पनि यस्तो प्रचलन रहेको बताउनुभयो । मन्त्रालयको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा उहाँले घरमै पाल्न दिएमा जोखिम मोलेर चोरी शिकारीमा जानेको संख्या घट्ने बताउनुभयो ।

अहिले वन मन्त्रालय विकासबादीको आँखाबाट विकासविरोधी र संरक्षणवादीको आँखाबाट विनासकारी देखिएको भन्दै यसमा सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया