मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

 चैत २१, २०७५ बिहिबार ७:२४:२० | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिकोकाे तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमत भएका छन् । 

स्थानीय समयअनुसार मङ्गलबार उनले त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो बनाउन बन्द नगर्ने निर्णय गरेकाे बताइएकाे छ । “हुन त मैले वास्तवमै यस्ला बन्द गर्न चाहन्थे, तर मेक्सिकोले नगर्नु भनेकाले मैले केही समयका लागि यस्लाई स्थगित गरेको हुँ,” ट्रम्पलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

हजारौँ मानिस दक्षिणी सिमानाबाट आफ्नो घर फर्किने विश्वास लिइएको पनि उनले बताएको समाचारमा जनाइएको छ । 

व्यापार, सुरक्षा लगायतका कारण देखाउदै राष्ट्रपति ट्रम्पले लामो समयदेखि अमेरिका र मेक्सिको बीचको सिमाना बन्द गर्नुपर्ने अडान राख्दै आइरहेका छन् । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया