विप्लव समूहका सचिवालय सदस्यले दिए राजीनामा

 चैत २१, २०७५ बिहिबार १३:७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिनुभएकाे छ।   

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर-१, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहबाट राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे । विप्लव नेतृत्वको पार्टीबाट राजीनामा दिएसँगै आफू अन्य कुनै पार्टीमा नलागी स्वतन्त्ररुपमा रहने बताउनुभएकाे छ ।  

यसअघि, प्रदेश र संघीय निर्वाचन २०७४ मा अमर्यादित कार्य गरेको भन्दै उहाँलाई प्रहरीले पक्राउ समेत गरेको थियो । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया