'ब्रेजिक्ट' को समयसीमा बढाउन बेलायती सरकार र विपक्षीबीच सहमति

 चैत २१, २०७५ बिहिबार १५:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

'ब्रेजिक्ट' लाई लिएर बेलायती संसदमा जारी गतिरोध अन्त्य गर्नका लागि बेलायतमा प्रयास जारी छ । हाउस अफ् कमन्स (बेलायती संसदको तल्लो सदन) मा केवल एक भोटको बहुमतले 'ब्रेजिक्ट' को समयसीमा बढाउने पक्षमा मतदान गरेका छन् । 

यसले बेलायती प्रधानमन्त्री टेरिजा मे यूरोपेली संघ (ईयू) बाट बहिर्गमन प्रक्रिया (ब्रेजिक्ट) का लागि समयसीमा बढाउन बाध्य भएकी छिन् ।

प्रधानमन्त्री मेले 'ब्रेजिक्ट' लाई लिएर जारी गतिरोध अन्त्यका लागि विपक्षी लेबर पार्टीसँग पनि वार्ता गरेकी थिइन् । लेबर पार्टीका नेता जेरेमी काेर्बिनसँगको वार्ता सकारात्मक भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । तर विपक्षी नेता जेरेमीले प्रधानमन्त्री मेले आफूले सोचेकोजस्तो मनोभाव नबदलेको बताए । 

'ब्रेजिक्ट' को सीमा बढाउने सम्बन्धमा विपक्षी पार्टी लेबरले पेश गरेको विधायकलाई सांसदहरुले एकैदिनमा पारित गरेका हुन् । तर तर कानुन बनाउनका लागि हाउस अफ लर्डस् (बेलायती संसदको उच्च सदन) ले पनि पारित गर्नुपर्दछ । यसपछि यो कुरा ईयूमा निर्भर रहन्छ कि उ 'ब्रेजिक्ट' को समयसीमा बढाउन तयार छ कि छैन । 

यता प्रधानमन्त्रीले 'ब्रेजिक्ट' सम्बन्धमा विपक्षी पार्टीसँग वार्ता गरेको भन्दै उनको पार्टी कन्जर्भेटिभभित्रै चर्काे विरोध भइरहेको छ । प्रधानमन्त्री मेको पार्टीका दुई कनिष्ठ मन्त्रीले राजीनामा दिएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया