सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान

 चैत २१, २०७५ बिहिबार १४:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गएको चैत्र १८ गते सोमबार बसेको न्याय परिषद बैठकले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत, पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत, सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा र अधिवक्ता मनोजकुमार शर्मालाई  सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रस्तावित सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरु राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया