रक्तचापबाट बच्न के-के कुरामा ध्यान दिने?

 चैत २१, २०७५ बिहिबार १५:३१:११ | विना न्याैपाने
unn.prixa.net

हिजोआज रक्तचाप बढ्यो भन्दै अस्पताल पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको छ ।  पहिला उमेर बढ्दै जाँदा देखिने उच्च रक्तचापको समस्या अहिले खानपानमा ध्यान नदिँदा कम उमेरका मानिसमा पनि हुने गरेको छ ।  

धेरै मानिसले कम रक्तचाप अर्थात् लो ब्लड प्रेसरलाई त्यति गम्भीरतापूर्वक लिँदैनन्, जति हाई ब्लड प्रेसर अर्थात् उच्च रक्तचापलाई लिने गर्छन् । लो ब्लड प्रेसरलाई पनि ध्यान नदिने हो भने जोखिम हुन सक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोज्नुपर्छ  । 

उच्च रक्तचापको कारण: 

धेरै नुनले रक्तचाप बढाउँछ । 
फास्टफुडले पनि उच्च रक्तचाप बढाउँछ ।
व्यस्त जीवनशैली तथा कामको धपेडीले रक्तचाप बढाउँछ । 
बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ । 

उच्च रक्तचापको  असर:

– अकस्मात हुने ब्लड प्रेशरको कारणले हृदयघात हुन सक्छ 
– हाई ब्लड प्रेसरको कारण आँखा बन्द भएर आँखाको ज्योति बन्द हुन सक्छ 
– ब्लड प्रेसरको असर दीर्घकालीन हुन्छ  
– आज ब्लड प्रेसर भयो उपचार भएन भने त्यसको असर दुई चार महिना तथा वर्षपछि पनि देखिन सक्छ 
– दश प्रतिशत बिरामीको मिर्गाैलामा जाने नशा साँघुरो भएर, मिर्गौला बिग्रिएर र  कतिको जन्मजात पनि हुन्छ  ।

ध्यान दिनुपर्ने कुरा:

अत्याधिक नुनको सेवन नगर्ने  
धेरै चिल्लो नखाने  
भुटेको तारेको जङ्कफुडको सेवन नगर्ने   
नियमित व्यायाम गर्ने 
सागसब्जी धेरै खाने  
ठिक मात्रामा बोसोरहित मासु खाने  

ब्लड प्रेसर लो हुने कारण: 

– लो ब्लड प्रेसर हुनुको कारण मानसिक आघात, तनाव, भय, क्रोध, शोक, दुःख, नकारात्मक सोचाइ आदि हुन्  ।
– उपवास, धेरैबेर नसुत्नु, कमजोरी, धेरै रक्तस्राव हुनु, पौष्टिक आहारको कमी हुनु, ठुलो रक्तधमनीमा अवरोध हुनु, मुटुसम्बन्धी समस्या हुनु 
– शरीरमा रहेका इन्डोक्राइन ग्लान्डस बाइराइड, पिट्युटरी एड्रिनलिनजस्ता ग्रन्थीले हार्माेन्सको मात्रा कम उत्पादन गर्नु 
– शरीरमा पानी तथा रगतको मात्रा कमी हुनु 
– यस्तै अत्यधिक मोटोपन, अचानक मानसिक आघात, कुनै डरलाग्दो भयावह दृश्य देख्नु या कुनै दुःखद् समाचार सुन्नाले पनि ब्लडप्रेसर लो हुन सक्छ  ।

यसको असर 

– स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ ।
– गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ ।
– ब्रेन डिसअर्डर, मृगौला रोग लाग्न सक्छ ।
– चक्कर आएर जहाँ पनि ढल्न सक्छ ।
– रक्त सङ्क्रमणको सम्भावना हुन्छ ।

ध्यान दिनुपर्नै कुरा:

– नुन धेरै खाने 
– भरपुर पानी पिउनु पर्छ 
– धेरै समयसम्म उभिएर बस्नु हुँदैन  
– धेरै लामो समय बसेर अचानक उठ्नु हुँदैन 
– कसरत, योगा, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ 
– खानामा कार्बोहाइड्रेडयुक्त पदार्थ जस्तो कि आलु, चामल, ब्रेड, पास्ताको मात्रा कम गर्ने 
– धेरै भन्दा धेरै पानी पिउने, यसले डिहाइड्रेसन हुँदैन ।
– धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ 
–– चिन्ताबाट टाढै रहनु पर्छ 

(साथी विना न्यौपानेले मुटुरोग विशेषज्ञ डाक्टर रन्जित कुमार शर्मासँग गरेको कुराकानीमा आधारित )


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया