देशभरकै मौसम बदली, तराईका सिमाना र पश्चिमी पहाडमा हावाहुरीको संभावना

 चैत २२, २०७५ शुक्रबार ७:३४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले शुक्रबार र शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ । 

आइतबारदेखि भने मौसममा केहि सुधार हुने उहाँको अनुमान छ । शुक्रबार तराईका सिमाना र पश्चिमी पहाडका थोरै ठाउँमा हावाहुरीको संभावना रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

यस्तै आज देशका धेरै ठाउँमा मेघगजनसहित पानी पर्दा उच्च हिमाली र पहाडी भेगमा हिमपात पनि हुने संभावना पनि रहेको मौसमविद् पोख्रेलले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया