भक्तपुरमा टिप्परको ठक्करबाट फेरि एकजनाको मृत्यु

 चैत २२, २०७५ शुक्रबार ८:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको ज्यान गएको छ ।

बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीनजना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते हुनुभएको छ । ठक्कर दिएको टिप्परको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । 

गएकाे बुधबार पनि जडिबुटीमा टिप्परकाे ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएकाे थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया