घरको गारोमा च्यापिएर दुई बालिकाको मृत्यु

 चैत २२, २०७५ शुक्रबार १०:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – घर भत्काउने क्रममा गारो खसेर च्याप्दा नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा दुई बालिकाको ज्यान गएको छ । गारोले च्याप्दा दुईजना घाइते भएका छन् । 

सुनवल नगरपालिका –१० का कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोले च्यापिएर रमाकान्त अधिकारीका ४ वर्षीया छोरी नविना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले  जानकारी दिनुभयो  ।

गारोले च्यापिएर रमेश खत्रीका ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर रहेको छ । अर्की ७ वर्षीया समीक्षा भुसालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घर मर्मतका लागि भत्काउने क्रममा नजिकै खेलिरहेका बालिकाहरुलाई गारोले च्यापेको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया