बोल्ने क्षमताको विकास गर्न सेमिनारको आयोजना

 चैत २२, २०७५ शुक्रबार १४:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल अन्ट्रप्रनरशिप एजुकेशन फाउन्डेशन (नीफ) ले  बोल्ने क्षमताको विकासमा जोड दिएको छ । मानिसको बोल्ने क्षमताको विकास गर्न र आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ्ग प्रशिक्षण सञ्चालन गर्दै आएको फाउन्डेशनले एक सेमिनारको आयोजना गरेको हो । 

‘स्पिक एण्ड विन (बोल्नुस र जित्नुस्)’ भन्ने मूल नाराका साथ सञ्चालित सेमिनार पब्लिक स्पिकिङ्ग, संवादकला, व्यक्तित्व तथा क्षमता विकासमा प्रशिक्षण दिने देशकै  अग्रणी संस्थाको रुपमा दिन प्रतिदिन परिचित बन्दै गइरहेको छ । फाउन्डेशनले झण्डै ३ वर्षको अवधिमा विभिन्न क्षेत्रमा आबद्ध ४ हजार भन्दा बढी व्यक्तिलाई प्रशिक्षण दिइसकेको छ । 

कार्यक्रममा नीफका प्रमुख प्रशिक्षक तथा 'सेल्फ हेल्प' विधाका लेखक एचबी कटवालले औसतभन्दा माथिको विचार राख्ने व्यक्ति जीवनमा सफल र खुशी हुन सक्दछ भन्दै सहभागीहरुलाई प्रेरित गर्नु भएको थियो । 

त्यस्तै नीफका अध्यक्ष तथा कार्यकारी अधिकृत शशि शर्माले प्रशिक्षार्थीहरुमा आएको परिवर्तनबाट नीफ परिवारले गर्व महसुस गरेको धारणा राख्नुभयो । कार्यक्रममा ४ हप्ताको पब्लिक स्पिकिङ्ग प्रशिक्षण पूरा गर्ने ब्याच नम्बर ३८९ र ३९० का प्रशिक्षार्थीलाई प्रमाण–पत्र पनि वितरण गरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया