६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक (सूचीसहित)

 चैत २२, २०७५ शुक्रबार १४:११:२० | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले खाडीका देश र मलेसियाका विभिन्न ६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाएको छ । 

आफूले ल्याएका कामदारलाई सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीलाई विभागले कालोसूचीमा राखेर कामदार लान रोक लगाएको हो । नेपालमा भनिएको सम्झौता अनुसारको काम र सेवा सुविधा नपाएको गुनासो बढेपछि विभागले धेरै गुनासो आएका कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । 

कालोसूचीमा पर्ने कम्पनीहरु मलेसिया, साउदी अरब, कतार र युएईका छन् । सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी विभागको कालोसूचीमा छन् । त्यस्तै युएईका ६, साउदी अरबका ५ र कतारका ४ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

गएका व्यक्तिले समस्या परेर दिएको उजुरीका आधारमा विभागले  कालोसूचीमा राख्ने गरेको छ । कालोसूचीमा राखेका कम्पनीका लागि विभागले श्रम स्वीकृति दिँदैन । 

कालोसूचीमा परेका कम्पनीमा म्यानपावरले पनि कामदार पठाउन पाउने छैनन् । यसका बारेमा झुक्याएर कहिलेकाहीँ कामदार पठाएको पाइएको थियो । तर अहिले सबै अनलाइनबाटै हेर्न सकिने व्यवस्था गरिएकाले यो सम्भावना नहुने विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

‘योभन्दा अघि जाने मान्छेलाई पनि आफू जान लागेको कम्पनी कस्तो हो भन्ने थाहा हुँदैनथ्यो तर अहिले यो कुरा विभागको वेबसाइडमै हेर्न सकिने भएकाले झुक्याउने र झुक्किने सम्भावना हुँदैन’, उहाँले भन्नुभयो । 
 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया