भिक्षु अश्वघोष महास्थवीरको ९३ वर्षको उमेरमा  निधन

 चैत २२, २०७५ शुक्रबार १४:४९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भिक्षु अश्वघोष महास्थवीरको शुक्रबार ९३ वर्षको उमेरमा  निधन भएकाे छ ।

ध्यानकुटी विहार बनेपाका प्रमुख र क्षेत्रपाटी संघाराम विहारका संस्थापक बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने निर्णय गरेकाे थियाे ।

२०४६ सालकाे राजनीतिक परिवर्तनपछि तत्कालीन नेकपा एमालेबाट राष्ट्रिय सभाका सदस्य बन्नुभएका भिक्षु महास्थवीर झाडापखाला, बान्ता आउने र रक्तचापसम्बन्धी समस्याका कारण तीन सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया