महोत्तरीमा हत्या गरेर फालिएको अवस्थामा युवतीको शव फेला

 चैत २२, २०७५ शुक्रबार १४:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - महोत्तरीमा एक युवतीको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको छ ।

महोत्तरीको सोनमा गाउँपालिका २ सिंहासनी जाने बाटोको पूर्वपट्टि खेतमा लगाइएको रहरकाे झाडीमा शुक्रबार दिउँसो युवतीको शव फेला परेको हो ।

अन्दाजी २१ वर्षकी ती युवतीको घाँटीमा डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । दुई दिनअघि ती युवतीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको सनाखत हुन बाँकी छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया