साप्ताहिक शेयर समीक्षा: अघिल्लो साताको तुलनामा सूचक र कारोबार रकम दुवैमा वृद्धि

 चैत २२, २०७५ शुक्रबार १८:१:४७ | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डाै - लगानी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न प्रतिवद्धताहरु आएका छन् । यहिँ हप्ता बारा र पर्सा जिल्लामा आएको हुरीले जनधन क्षति भएको छ ।

हुरीपछि कति बीमाकाे दावी पर्ने हो चर्चाको विषय बनेको छ । आर्थिक वर्ष २०७५/७६ को २ तिहाइ अवधि सकिन अब केही दिनमात्र बाँकी छ । अघिल्लो साताभन्दा यस साताको अन्तिम दिन सूचक र कारोबार सामान्य घटे पनि अघिल्लो साताको तुलनामा सूचक र कारोबार रकम दुवै बढेको छ । 

आर्थिक वर्ष सकिन अब ३ महिना बाँकी रहँदा पनि कम्पनीले वार्षिक सभा सकेका छैनन् । उच्च सुशासन भएका भनिएका वाणिज्य बैंकले पनि सभा सकेका छैनन् । यसै साता एउटा वाणिज्य बैंकले सभा घोषणा गरेको छ । 

बीमा कम्पनीले अहिलेसम्म वार्षिक साधारणसभा घोषणा गरेक छैनन् । त्यस्तै जलविद्युत कम्पनीले पनि सभा घोषणा गरेका छैनन् । सबैभन्दा धेरै पूँजी र क्षमता भएको अपर तामाकोशीले पनि सभा घोषणा गरेको छैन । भर्खर सूचीकरण भएको एउटा जलविद्युत कम्पनीले सभा घोषणा गरेको छ । 

बैंक गाभिनेरविलय हुने क्रमसँगै एकीकृत कारोबार पनि शुरु भएको छ । गाभिने क्रममा रहेका कावेली र सप्तकोशी बैंकले विशेष सभा बोलाएका छन् ।

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार ५ दिन पुरै खुलेको थियो ।


यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ ।  

सर्वाधिक बजार पूँजीकरण भएका ५ कम्पनी
 

सूचीकरण 

यस हप्ता निम्न कम्पनीको शेयर सूचीकरण भएको छ ।

नयाँ शेयर/हकप्रद

शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ । ग्रामीण लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि चैत २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

युनियन हाइड्रोपावरको शेयरमा पर्याप्त आवेदन पर्नासाथ बन्द हुनेछ । 

लिलामी शेयर

विभिन्न कारणले लिलामीमा आउने शेयर पनि सर्वसाधारणले आवेदन गर्न सक्छन् । लिलामीसम्बन्धी सुचनामा त्यसका प्रक्रिया उल्लेख गरिएको हुन्छ । लिलामीमा उपलब्ध शेयरहरुको विवरण तालिकामा पेश गरिएको छ ।

लाभांश घोषणा

नेप्सेमा सूचिकृत कम्पनीले लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ । तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४र७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह

विकास बैंक समूह

लघुवित्त समूह

जलविद्युत, होटेल र अन्य 

वित्त र बीमा 

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।  

निर्वाचन, मनोनयन, नियुक्ति र राजीनामा 

चौतारी लघुवित्तमा दीपक बुढाथोकी र केशवराज पन्थी निर्वाचित भएका छन  महुली लघुवित्तका संचालक अर्जुन पराजुलीले राजीनामा गरेका छन् । धितोपत्र बोर्डले नेपाल एग्रो लघुवित्तलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ । घोडाघोडी लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेको छ । 

 

 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया