नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित

 चैत २२, २०७५ शुक्रबार १८:५५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित हुनुभएकाे छ ।

शुक्रबार भएको निर्वाचनमा निवर्तमान महासचिव प्रकाश तिमिल्सिनालाई १४ मत अन्तरले पराजित गरि आउँदाे तीन वर्षका लागि अध्यक्ष चुनिनुभएकाे हाे । नेपाल टेलिभिजनका सुवेदीले ५५ मत पाउँदा हाम्रो खेलकुद डटकमका तिमिल्सिनाले ४१ मत प्राप्त गर्नुभयाे ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सञ्जीव सिल्पकार निर्विरोध निर्वाचित हुनुभयाे । यसैगरी उपाध्यक्षहरुमा कान्तिपुर दैनिकका धुव्र तुलाधर (७१) र इमेज च्यानलका निरञ्जन अधिकारी (५७) मत सहित विजयी भए । महासचिवमा काठमाण्डाै पोस्टका प्रज्वल ओली ६३ मत ल्याएर निर्वाचित भए ।

सचिवमा अन्नपूर्ण पोस्टका गोविन्द रेग्मी ५८ मतसहित विजयी भए भने कोषाध्यक्षमा द राइजिङ नेपालका अञ्जन खड्का निर्विरोध भए ।

यसैगरी, महिला सदस्यमा राससकी मुना कार्की निर्विरोध निर्वाचित हुँदा तीन जना खुला सदस्यका लागि भने निर्वाचन भएको थियो । जसमा राजधानी दैनिकमा दिलबहादुर तामाङ (५०), खेलपाटी डटकमका हिमबिक्रम केसी (४४) र नागरिक दैनिकका अनिल मल्ल ठकुरी ३६ मत सहित विजयी भए ।

साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया