साउथ ह्याम्पटनलाई ३-१ ले हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगकाे शीर्ष स्थानमा उक्लियाे

 चैत २३, २०७५ शनिबार ७:१३:२४ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटलबमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा साउथ ह्याम्पटनमाथि ३–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको ८२ अंक छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक रहको छ । १ गोलले पछि परेको लिभरपुलले ३ गोल थपेको थियो ।

घरेलु टोली साउथ ह्याम्पटनले नवौँ मिनेटमा साने लङको गोलबाट अग्रता बनाएको थियो । लिभरपुलका नाबी केइटाले ३६ औं मिनेटमा गोल गरेपवछि लिभरपुल खेलमा फर्किएको थियो । पहिलो हाफमा १–१ गोल भएकोमा लिभरपुलले दोस्रो हाफमा २ गोल थपेको थियो ।

मोहम्मद सलाहले ८० औ मिनेटमा लिभरपुलका लागि गोल गर्दै २–१ को अग्रता दिलाए । जोर्डन हेन्डरसनको पासमा उत्कृष्ट गोल गरेपछि लिभरपुल तीन अंक नजिक पुगेको थियो । ८६औं मिनेटमा  हेन्डरसनले व्यक्तिगत पहिलो गोल गरेपछि लिभरपुल ३–१ ले विजयी हुन सफल भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया