मौसममा खराबीका कारण मातृभूमि कप हुने नहुने अन्यौल

 चैत २३, २०७५ शनिबार ८:३४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मौसममा खराबी आएपछि आज हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने नहुने अन्यौल भएको छ । 

कीर्तिपूरको त्रिवि मैदानमा बिहान १० बजे हुने तय भएको प्रतियोगिता बिहानैदेखि हुरीबतास र चट्याङसहित पानी पर्न थालेपछि हुने नहुने अन्यौल भएको हो । आयोजक धुर्मुस सुन्तली फाउण्डेसनले तयारी पूरा भएकाले १० बजेसम्म मौसम खुले, खेल हुने जनाएको छ । 

चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ बनाउन कलाकारको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले खेल्ने तयारी छ । 

पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमाञ्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल आयोजना हुने तयारी छ ।

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगिता गर्न लागिए पनि संकलित रकमको १५ प्रतिशत हावाहुरी प्रभावितलाई खर्च गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया