आईपीएल २०१९ : चेन्नईलाई ठूलो झट्का, ब्राभो दुई साता मैदानबाहिर

 चैत २३, २०७५ शनिबार ९:५२:५३ | एजेन्सी
unn.prixa.net

इन्डियन प्रिमियर लिग(आईपीएल) को १२औँ संस्करणको १८औँ खेलमा आज चेन्नई सुपर मिंग्स र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् । 

यो खेलभन्दा पहिले चेन्नईलाई ठूलो झट्का लागेको छ । चेन्नईका अलराउण्डर ड्वेन ब्राभो चोटका कारण दुई साता मैदानबाहिर रहने भएका छन् । मुम्बई इन्डियन्ससँग बुधबार भएको खेलमा ब्राभोलाई चोट लागेको थियो । मुम्बईसँग चेन्नईले जारी सिजनमा पहिलो हार व्यहोरेको थियो ।

ब्राभो खेल्न नसक्नेबारे चेन्नई सुपर किंग्सका ब्याटिङ कोच माइकल हसीले आधिकारिक पुष्टि गरेका छन् । पत्रकार सम्मेलन गर्दै हसीले भने, ‘म यो कुराको पुष्टि गर्छु कि ब्राभो ह्यामस्ट्रिङको चोटका कारण दुई साता आईपीएल नखेल्ने भएका छन् । यो टिमका लागि ठूलो घाटा हो । सबैलाई थाहा छ कि उनले खेलाडीका रुपमा टिममा सन्तुलन कायम गर्छन् । उनी नहुँदा टिमलाई केही कठिन अवस्थामा त पुर्‍याएकै छ । तर मलाई पूरा भरोसा छ कि एकजुट भएर हामी एउटा बलियो टिमका रुपमा खेल्नेछौँ ।’

ब्राभो चोटग्रस्त भएसँगै चेन्नईलाई यसकारण पनि घाटा भएको छ कि उसका केही खेलाडी पहिले नै चोटग्रस्त छन् । तीव्र गतिका बलर लुंगी एनगिडी चोटका कारण फर्किइसकेका छन् । त्यस्तै डेभिड विली व्यक्तिगत कारण देखाउँदै यो सिजन नखेल्ने बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया