चट्याङ लागेर झापामा एक जनाको ज्यान गयो

 चैत २३, २०७५ शनिबार १२:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

झापा –चट्याङ लागेर मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको ज्यान गएको छ । 

उहाँकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर रावतको ज्यान गएको हो । 

घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया