अवैध विदेशी मुद्रासहित विमानस्थलबाट एकै घरका पाँच जना पक्राउ

 चैत २३, २०७५ शनिबार १२:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध मुद्रा लगेर जाँदै गरेका एकै परिवारका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो साढे एक बजे थाई एयरको फ्लाइट नम्बर टीजी ३२० बाट बैंकक जाँदै गरेको अवस्थामा एकै घरका पाँच जना सदस्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती ४६ वर्षीया उमा देवी श्रेष्ठ र उनका दुई छोरी र एक छोरा रहेका छन् ।

गेट नम्बर पाँचमा शंकास्पद अवस्थामा उभीरहेको देखेपछि खोजतलास गर्ने क्रममा उनीहरुबाट अवैध विदेशी मुद्रा भेटिएको हो । उनीहरुबाट २२ हजार १ सय ५० थाई भाट, १ हजार ३ सय ८० युरो, १० हजार अमेरिकी डलर र ८० हजार चिनियाँ युआन पक्राउ गरेकोे छ ।

अहिले उनीहरुलाई थप कारबाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लगिएको छ । यति धेरै अवैध मुद्रा विदेश लैजान खोजेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया