ट्रम्पले प्रवासीलाई भने– हाम्रो देश खाली छैन, फर्केर जाऊ

 चैत २३, २०७५ शनिबार १७:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय चुनावको अभियानमा मेक्सिको–अमेरिका सीमाले ठूलो भूमिका खेल्ने विश्वास गर्छन् ।

सीमापारिबाट आउने व्यक्तिहरुमाथि दुर्व्यवहार हुन्छ, जसलाई विपक्षी पार्टीका नेताले आलोचना गर्दै आइरहेका छन् । तर ठूलो संख्यामा अवैध रुपमा घुसपैठ गर्नुलाई ट्रम्प राष्ट्रिय आपतकाल मान्छन् । 

ट्रम्प भन्छन्, ‘हाम्रो प्रणाली पूर्ण छ, हामी अब तपाईंहरुलाई लिन सक्दैनौं, हाम्रो देश भरिएको छ । त्यसैले फर्किनुहोस् ।’

यसै क्रममा झण्डै २ सय व्यक्तिहरुले प्रदर्शन गरिरहेका थिए । उनीहरुले हातमा अमेरिका र मेक्सिकोको झण्डा लिएका थिए र उनीहरु भनिरहेका थिए, ‘परिवारलाई अलग गर्न बन्द गर, यदि पर्खाल लगाइयाे भने हाम्रा पिँढीले भत्काउने छन् ।’

तर अमेरिकी सीमाको अर्काे भागमा जम्मा भएका दर्जनौं व्यक्तिहरु भने ट्रम्पको समर्थन गर्दै भनिरहेका थिए, ‘पर्खाल बनाऊ ।’

वाशिङ्टन जानुअघि ट्रम्पले आफ्नो पछिल्लो चेतावनीले मेक्सिकोका अधिकारीहरुलाई मनाउन सफल भएको बताएका थिए । जसका कारण उनले उत्तरतर्फ जाने प्रवासीहरुलाई रोकेका छन् । 

यद्दपि राष्ट्रपति ट्रम्पले सीमा बन्द गरेर केही नहुने संकेत पनि दिइसकेका छन् । उनले चेतावनी दिँदै भनेका छन् कि यदि प्रवासी र लागुऔषधको तस्करी नरोकिए मेक्सिकोलाई अटो आयातमा २५ प्रतिशत शुल्क लगाइनेछ । 

यसअघि ट्रम्पले अवैधरुपमा अमेरिका छिर्ने प्रवासीलाई रोक्नका लागि सीमा बन्द गर्ने चेतावनी दिँदै आएका थिए तर अहिले उनी शुल्क बढाउने चेतावनी दिन थालेका छन् । 

अमेरिकी रक्षा विभाग पेन्टागनले अमेरिका–मेक्सिको सीमानामा पर्खाल लगाउनका लागि १ अर्ब अमेरिकी डलर जारी गरेको थियो ।  
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया