एएफसी महिला ओलम्पिक छनोट: पहिलाे हाफमा नेपाल-भारत १-१ गाेलकाे बराबरी

 चैत २३, २०७५ शनिबार १५:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानमारमा जारी एएफसी महिला ओलम्पिक छनोट प्रतियोगिता अन्तर्गत दोस्रो चरणको नेपाल र भारतबीचकाे खेलकाे पहिलो हाफमा १–१ गोलको बराबरीमा टुंगिएको छ ।

खेलकाे छैटौं मिनेटमा असलत देशीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगिन् । भारतले लिएको अग्रता एक मिनेटपनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् । 

ओलम्पिक महिला फुटबलमा छनोट हुनका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–१ ले पराजित भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया