पूर्वी अफगानिस्तानमा बम विस्फाेट: ३ जनाकाे ज्यान गयाे, १९ घाइते

 चैत २३, २०७५ शनिबार १५:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्वी अफगानिस्तानको जलालावाद शहरमा शनिबार दोहोरो बम विस्फाेटमा परेर तीन जनाले ज्यान गुमाएको र १९ जना घाइते भएको सरकारका प्रवक्ताले बताएका छन् । 

‘हताहत हुनेहरुमा २ बालबालिका र ८ सुरक्षा बलका अधिकारीहरु रहेका छन्, ’नांगरहार प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले भने । धमाकाको कारणबारे भने थाहा नभइसकेको उनले बताए । 

यो घटनाबारे अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आतंकवादी समूह र अफगान सुरक्षा बलबीच हुने लडाइमा कैयौं सर्वसाधरणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया