एएफसी महिला ओलम्पिक छनोट: भारतसँग नेपाल ३–१ गोल अन्तरले पराजित

 चैत २३, २०७५ शनिबार १६:२५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।

पराजित भएसँगै नेपालकाे ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

शनिबार भएको खेलमा नेपालले पहिलो हाफ एक एक गोलको बराबरी खेले पनि थप दुई गोल दोस्रो हाफमा ब्यहोरेको थियो । छैटौं मिनेटमा असलत देवीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् ।

भारतले लिएको सो अग्रता एक मिनेटपनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् ।

५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । भारतका लागि ७९ औं मिनेटमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो । डी बक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्‍याइन् ।

त्यसपछि थप गोल नभएपछि भारतले ३–१ गोल अन्तरको जित निकाल्न सफल भयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया