नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
सर्लाही - सर्लाहीको रामनगर गाउँपालिपाका वडा नम्बर-१ मा शनिबार दिउँसो चलेको हावाहुरीपछि घर भत्किँदा एक जनाको ज्यान गएको छ ।
दिउँसो बाटोमा हिँडिरहेका बेला घर भत्किएर थिच्दा स्थानीय ४५ वर्षका पनिलाल सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । स्थानीय राजाराम चौधरीको घरमा लगाएको बाँसको बेरा भत्किएर थिचेपछि सहनी गम्भीर घाइते हुनुभएकाे थियाे । गम्भीर घाइते भएका सहनीलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।