बिजुलीकाे खम्बाले लाग्दा दाजुको ज्यान गयाे, भाइ घाइते

 चैत २३, २०७५ शनिबार १९:५६:४९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - ट्याक्टरमा रहेको बिजुलीको खम्बा उतार्ने क्रममा पोलले  लागेर सात वर्षीय बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

नवलपरासीकाे गैँडाकोट नगरपालिका –१३, ढोलबाजा चोकमा लु ३ च ७१ ९० नम्बरको ट्याक्टरबाट बिजुलीको खम्बा उतार्ने क्रममा लागेर त्यसै ठाउँका ७ वर्षीय राजिव विकको मृत्यु भएको हो ।

खम्बाले लागेर गम्भीर घाइते भएका राजिवको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

खम्बाले लागेर राजिवका भाई ५ वर्षका रागव विक घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया