अब जनता क्रान्तिमा होमिन सक्दैनन्: नेम्बाङ्ग

 चैत २३, २०७५ शनिबार २०:४१:४५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जनता अब क्रान्तिमा होमिन नसक्ने बताउनुभएकाे छ ।

इलामको देउमाई नगरपालिकाको मंगलबारेमा शनिबारबाट सुरु भएको ‘देउमाई साहित्य पर्यटन महोत्सव २०७५’ को उद्घाटनलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे समूहलाई पनि राजनितिको मूलधारमा आउन आग्रह गदै उहाँले भन्नुभयो, बाटो नबिराउन विप्लव समूहलाई मेरो आग्रह छ ।  

विखण्डनको पक्षमा कोही पनि नभएको भन्दै उहाँले देश अब समृद्धितर्फ उन्मुख भएको बताउनु भयो । देशले संविधान पाइसकेपछि हाल संघीय गणतन्त्र कार्यान्वयनको चरणमा रहेकाले सबैले संविधान स्वीकार गरिसकेको समेत उहाँले स्पष्ट पार्नुभयो । 

यस्तै इलामको देउमाई नगरपालिकाको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा धेरै सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

उहाँले इलाम आफैमा एक पर्यटकीय जिल्ला भएकाले यहाँका पर्यटकीय स्थलको प्रवद्र्धन गर्न सकेमा इलाम पर्यटकका लागि प्रमुख आकर्षणको गन्तव्य हुने समेत उल्लेख गर्नुभयो । दुईदिने महोत्सव भोलि आइतबारसम्म सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया