आईपीएल : लगातार चाैथाे जित निकाल्दै चेन्नइ सुपरकिंग्स शीर्षस्थानमा

 चैत २३, २०७५ शनिबार २०:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नइ सुपर किंग्सले चौथो जित निकालेको छ ।

एम चिदम्बरम स्टेडियममा शनिबार भएको पहिलो खेलमा चेन्नइले किंग्स इलाभेन पञ्जाबविरुद्ध २२ रनको जित निकालेको हो । पहिला ब्याटिङ गर्दै चेन्नईले ३ विकेट गुमाएर १६० रन बनाएको थियो ।

१६१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पञ्जाबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो । शनिबारको जितसँगै चेन्नई आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । पराजित भएको पञ्जाव चौथो स्थानमा झरेको छ ।

पञ्जावका लागि सर्फराज खननाले आईपीएल करियरमा पहिलो अर्धशतक बनाए पनि हार टार्न भने सकेन । उनले ५९ बलमा ६७ रन बनाए । यसैगरी लोकेश राहुलले ५५ रन बनाए । राहुल र सर्फराजले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

चेन्नइका हरजभन सिंहले क्रिस गेल र मायांक अग्रवाललाई आउट गर्दै पञ्जाबलाई सुरुमै दबाबमा ल्याएका थिए ।

पहिला ब्याटिङ गरेको चेन्नइका फाफ डुप्लेसिले सर्वाधिक ५४ रन बनाए । प्लेसिले यस सिजनमा शनिबार आफ्नाे पहिलो आईपीएल खेलेका हुन् । कप्तान महेन्द्रसिंह धोनीले ३७ रन बनाउँदा अम्बाती रायुडुले २१ रन जोडे ।

शेन वाट्सन २६ रनमा पेभेलियन फर्किँदा सुरेश रैनाले १७ रनको योगदान गरे । पञ्जाबका झरेका तीन विकेट नै कप्तान रविचन्द्रन आश्विनले लिएका हुन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया