रियल मड्रिडको जितमा बेन्जेमाको दुई गोल

 चैत २४, २०७५ आइतबार ७:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । रियलले एइबारलाई २–१ ले हरायो । सान्टियागो बर्नाबाउमा भएको खेलमा एइबारले पहिलो अग्रता लिएको थियो । तर करिम बेन्जेमाले दुई गोल गरेपछि रियलले ला लिगा तालिकामा तीन अंक जोडेको हो ।

३९ औं मिनेटमा मार्क कार्डोनाले गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एइबारले एक गोलको अग्रता कायम राख्यो । ५९औं मिनेटमा करिम बेन्जेमाले रियलका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

८१औं मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा रियल मड्रिडले तीन अंक जोडेको हो । 

जितसँगै रियल मड्रिडले ला लिगामा ५७ अंक बनाएको छ । उसले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी १३ अंकमा छोट्याएको छ । दोस्रो स्थानमा एट्लेटिको मड्रिडको ६२ अंक छ भने शीर्ष स्थानको बार्सिलोनाको ७० अंक छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया